६५ वर्षिय महिला मृत भेटिइन
६५ वर्षिय महिला मृत भेटिइन
गोरखा ः गोरखा नगरपालिका–१३ देउराली स्थित रामशाह टोलमा एक महिला घर भित्रै मृत भेटिएकी छिन् ।
६५ वर्षिय निरुपा भट्टराइ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । छिमेकीले घर भित्रबाट गन्ध आउन थालेपछि प्रहरीलाई खवर गरेका थिए । स्थानीयको जानकारीको आधारमा विहिबार घरमा पुगेको प्रहरीले भट्टराईलाई मृत अवस्थामा फेला पारेको थियो । कम्तिमा पनि चार÷पाँच दिन अघि नै भट्टराईको मृत्यू भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
शव पोष्टमाटमका लागि गोरखा अस्पताल ल्याइएको थियो । सोधपुछका लागि उनको छोरा नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।