अन्नपुर्ण सहकारीमा नयाँ नेतृत्व
अन्नपुर्ण सहकारीमा नयाँ नेतृत्व
गोरखा ः अन्नपुर्ण वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बालकृष्ण लामिछाने निर्वाचित भएका छन् ।
शनिबार भएको विशेष साधारणसभा तथा अधिवेशनबाट लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सरुना पोखरेल, सचिवमा वुद्ध शाही, कोषाध्यक्षमा जानुका अधिकारी र सहसचिवमा लक्ष्मि अधिकारी खनाल निर्वाचित भएका छन् । सदस्यहरुमा कल्पना दवाडी, लालप्रसाद श्रेष्ठ, रमेश वावु श्रेष्ठ, डम्मर श्रेष्ठ, शिव कुमार श्रेष्ठ, पन्ना लाल शाह तेली निर्वाचित वनेका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा गोरखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ, सल्लाहाकार तुलसी प्रसाद देवकोटा, घ्याम्पेशला सिकाइ केन्द्रका अध्यक्ष समेत रहेका बालकृष्ण लामिछने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण राजन ढुङ्गानाले गरेका थिए ।