बार्षिक समिक्षा शुरु
बार्षिक समिक्षा शुरु
गोरखाः आइतबारबाट वार्षिक समिक्षा शुरु भएको छ । कार्यक्रममा विषयत कार्यालय र स्थानीय तहहरुले गत आर्थिक वर्ष संचालन गरेका योजना लगायतका कार्यका वारेमा आ–आफ्नो प्रस्तुती राखेका छन् ।
आइतबार पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका सहित ७ वटा पालिका र विषयत कार्यलयहरुको प्रस्तुती रहेको थियो । आज वाँकी कार्यालयहरुले गत आर्थिक वर्ष संचालन गरेका योजना, कार्यक्रमबारे प्रस्तुती राख्ने छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल, सांसद नन्द प्रसाद न्यौपाने, पालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि लगायतको सहभागीता रहेको छ ।