भाडादर समायोजन गर्न माग
भाडादर समायोजन गर्न माग
गोरखा ः भाडादर समायोजन गर्न योङ कम्यूनिष्ट लिग(वाइसिएल)ले माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र वुझाउदै ५ दिन भित्र भाडा समायोजन नगरे संघर्षको कार्यक्रम गर्ने वाइसिएलले चेतावनी दिएको हो । पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका तथा मध्यपहाडी लोकमार्ग र अन्य सडक खण्ड, गोरखा– घ्याम्पेशाल– आरुघाट सडक खण्ड लगायतका सडकहरु कालोपत्रे भएको लामो समय भइसक्दा पनि सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
भाडादर समायोजनाका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय देखि सरोकारवाला पक्षहरु सँग ज्ञापनपत्र वुझाउने र ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरिएको वाइसिएलले जनाएको छ । ‘सिरानचोक गाउपालिका–६ महटारबाट करिव १५ किलोमिटर दुरीमा रहेको १२ किलो वजारको वसभाडा प्रतिब्याक्ति १ सय ६० लिइदै आएको छ,’ पत्रमा भनिएको छ‘यस्तो मनोमानी भाडादर पुरानो कच्चि सडक तर हाल कालोपत्रे भइसकेको जिल्ला भरको सडकमा रहिआएको छ, यस्ता लुटले आम जनमानसमा राज्य र प्रशासन विहिनताको आभास भएको छ ।’
सार्वजनिक सेवाको नाममा मनोमानी भाडा लिने काम नगर्न पनि वाइसियलले चेतावनी दिएको छ । ५ दिन भित्र कानुन वमोजिम नयाँ भाडादर कायम नगरिए चरणवद्ध रुपले सार्वजनिक यातायात बन्द सम्मको सघर्षको कार्यक्रम अघि वढाउने पत्रमा उल्लेख छ ।