६ महिने आधारभुत तथा एडभान्स तालिमको समापन
६ महिने आधारभुत तथा एडभान्स तालिमको समापन
गोरखा ः ६ महिने आधारभुत तथा एडभान्स तालिम सकिएको छ ।
गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको तालिममा ३० जनाको सहभागीता रहेको थियो । महिलाहरुलाई सिप सिकाउदै स्वरोजगार बनाउने उदेश्यले संचालन गरेको तालिमको कमला कुँवरले सहजिकरण गरेकी थिइन् ।
विहिबार भएको तालिम समापन कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर मसली मायाँ थोकर, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जिवनज्योति श्रेष्ठ, संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सहभागीको तर्फबाट पुष्पा लक्ष्मि शाक्य लगायतले मन्तब्य राखेका थिए । त्यस्तै विहिबारबाटै तिन महिने आधारभुत सिलाई कटाई तालिमको पनि शुरुवात गरिएको छ । उत्त तालिममा २० जनाको सहभागीता रहेको छ ।