अन्तर विद्यालय फुटवल प्रतियोगीता हुने
अन्तर विद्यालय फुटवल प्रतियोगीता हुने
गोरखाः नवौ ओसन क्लव अन्तर विद्यालय फुटवल प्रतियोगीता हुने भएको छ ।
द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको सहकार्यमा ‘मेयर युवा फुटवल विकास परियोजना’ अन्तरगत प्रतियोगीता हुन लागेको हो । प्रतियोगीता असोज १३ देखि सुरु हुने द ओसन क्लवका अध्यक्ष अमित खत्रीले जनकारी दिए ।
प्रतियोगीता मंसिर २३गते सम्म चल्ने छ । प्रतियोगीतामा गोरखा नगरपालिकाका भित्रका १० विद्यालयको सहभागीता रहने आयोजकले जनाएको छ । विद्यार्थीहरुको पठन पाठनलाई ध्यान दिनै प्रत्यके हप्ताको शनिबार मात्र खेल संचालन गरिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता संचालनका लागि पाँच लाख खर्च हुने अनुमान गरिएको छ । गोरखा नगरपालिकाले उत्त प्रतियोगिताको लागि तिन लाख विनियोजन गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार पाँच सय नगद सहितटूफी,मेडल र प्रमाडपत्र र दोस्रो हुनेलाई तिन हजार पाँच नगद, ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।
खेलहरु गोरखा नगरपालिका–९ मा रहेको द ओसन क्लबको कृत्रिम घासे मैदानमा सन्चालन हुने पनि क्लवले जनाएको छ । खेल लिग कम नकआउट विधिबाट संचालन हुने छ ।