भाडादर समायोजन गर्न समाजवादी युवा संघको माग
भाडादर समायोजन गर्न समाजवादी युवा संघको माग
गोरखाः मनपरी भाडादर नियन्त्रणका लागि नियमन गर्न नेपाल समाजवादी युवा संघले माग गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै संघले दशै नजिकिदै गर्दा जिल्लाका यातायात कम्पनीहरुले नाफाको रुपमा भाडादरमा मनोमानी ढंगबाट ग्रामिण जनतालाई ठकेको जनाएको हो । भाडादर समायोजन गर्न पनि संघले माग गरेको हो ।
दर्ता भएका सडक, कालोपत्रे, अर्धकच्चि सडक र कच्चि सडकहरुमा कच्चिकै भाडादर लागु गर्नू निन्दनीय रहेको संघको अध्यक्ष मनवहादुर तामाङ द्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै विभिन्न रुप र स्वरुपमा कम्पनी दर्ता नगरी ट्याक्सी ब्यवसायीको नाममा मनपरी भाडा उठाइ ठगी भएकाले उत्त विकृत कार्यको नियमन गर्न आग्रह गरिएको छ ।
स्थानीय तहले चाडपर्व नजिकिदै गर्दा वाटो सरसफाई स्तरीय रुपमा गर्न पनि आग्रह गरिएको छ । ग्रामिण भेगका वजारमा म्याद सकिएका अखाद्य वस्तु विक्रि वितरण हुनु अस्वभाविक कालोवजारी प्रति पनि ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । उत्त समस्यलाई सम्वन्धित क्षेत्रले समयमा नियन्त्रण गर्न पनि आग्रह गरिएको छ ।