नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा थापा
नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा थापा
गोरखाः नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा होम बहादुर थापा मगर निर्वाचित भएका छन् ।
शनिबार भएको सातौ वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा पुनम राना मगर, सचिवमा मान बहादुर रानामगर, सहसचिवमा एलिना थापा मगर र कोषाध्यक्षमा श्याम आले मगर चयन भएका छन ।
सदस्यहरुमा राम बहादुर थापामगर, विनिता थापा मगर, राम माया थापा मगर, विमला थापा मगर, रविन थापामगर,राज बहादुर थापा मगर, कोपिला राना मगर, मिनाथापा मगर, टंक बहादुर आले मगर, याम बहादुर आले मगर चयन भएका छन् । २५ सदस्यीय समितिमा बाँकी सदस्यहरु आगामी वैठकले मनोनित गर्ने संघका पुर्व अध्यक्ष माधव थापा मगरले जानकारी दिए ।
नेपाल मगर संघ गोरखा नगरपालिकाका निवर्तमान अध्यक्ष भरत रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, गोरखा नगरपालिका मेयर कृष्ण राना, नेपाल मगर संघका केन्द्रिय सदस्य विष्णु रानामगर, पुर्व नेपाल मगर संघ तथा बुद्ध सेवा समाजका केन्द्रिय सदस्य विष्णु थापा मगर, नेपाल मगर संघ बुद्ध सेवा समाजका अध्यक्ष मिन बहादुर थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष नानुमाया थापा मगर, नेपाल मगर संघ नगर समितिका पुर्व अध्यक्ष गोकर्ण राना मगर, निवर्तमान अध्यक्ष माधव थापा मगर, नेवा देय दबु गोरखा नगरपालिकाका अध्यक्ष राहुल बज्रचार्य लगायतको उपस्थिति रहेको थियो ।