मनकामना केबलकार दुई दिन बन्द रहने
मनकामना केबलकार दुई दिन बन्द रहने
सुरुवात ःनेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्रुटुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने छ ।