जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखा ः जवरजस्ती करणी कसुरमा एक जना पक्राउ परेका छन् ।
३१ वर्षिय वौद्धिक अपाङ्गता भएकी महिलालाई भदौ २१ गते जवरजस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षिय गोपाल भन्ने दिपक वहादुर वानियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका–८ ढुङ्गाढे स्थित गोरखा नेत्रहिन संघको भवनको शौचालमा लगेर बौद्धिक अपाङ्गता भएकी महिलालाई वलत्कार गरेको पिडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपित पक्राउ परेका हुन् ।
विवाह गर्छु भनी ललाई फकाई जवरजस्ती करणी गरेको आफन्त मार्फत जाहेरी दरखास्त प्राप्त भएपछि वानियाँलाई पक्राउ गरि सोमबार जिल्ला अदालत गोरखामा जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।