ग्रामिण सडकको भाडादर समायोजन
ग्रामिण सडकको भाडादर समायोजन
गोरखा ः जिल्लाको ग्रामिण सडकको भाडादर समायोजन भएको छ ।
सोमबार वसेको भाडा निर्धारण समितिको वैठकले २०७७ माघ १५ गते अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले कायम गरेको ४३ अस्थायी रुट र सोहि समितिले २०७८ फागुन ३ गते सोति माछाखोला साथै २०७८ फागुन २२ गते सोति मान्वु अस्थायी रुट कायम गरेको थियो । उत्त रुटको दुरी केहि थप घट हुन आएको देखिएकाले संसोधन गरी छिमेकी जिल्लाहरुमा तोकिएको भाडादरलाई समेत आधार मानेर प्रति किलोमिटर प्रति यात्रु पक्की सडकमा ५.३४ रुपैया, ग्रावेल सडकमा ७.८५ रुपैया,कच्चि सडकमा ९.४४ तय भएको दर स्वीकृत गरी सोहि दरअनुसार भाडादर कायम गरी असोज १७ गते देखि लागु गर्ने गराउने निणृय भएको छ ।
यातायात ब्यवस्था विभागबाट सार्वजनिक सवारी साधनहरुको भाडादर घटवढ भए सोहि अनुसार तत्काल घटवढ गर्ने गराउने, सदरमुकाम देखि संचालन हुने प्रत्येक गतन्ब्य स्थानको दुरी किलोमिटरमा र भाडादर सर्वसाधारण यात्रुले देख्ने गरी पारदर्शी तवरले टाँस गर्ने, भाडादर स्पष्ट रुपमा राखे नराखेको विषयमा टूाफिक प्रहरी कार्यालय गोरखाबाट नियमित रुपमा अनुगमन गर्ने गराउने पनि निर्णय भएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्याक्ति,महिलाको लागि आरक्षण गरिएको सिट प्रष्ट देखिने गरी टाँस गर्ने, निजहरुलाई प्राथमिकता दिने गरी सुरक्षित गर्ने साथै नियमानुसार पाउने छुटलाई कार्यन्वयन गर्न पनि यातायात ब्यवसायीलाई भनिएको छ ।