भाडा समायोजन त्रुटिपुर्ण र अवैज्ञानीक ः ब्यवसायी
भाडा समायोजन त्रुटिपुर्ण र अवैज्ञानीक ः ब्यवसायी
गोरखा ः भाडा समायोजन क्रुटीपुर्ण र अवैज्ञानी रहेको भन्दै यातायात ब्यवसायीले असन्तुष्टि जनाएका छन् ।
हाल पेटूोलियम पदार्थमा भइरहेको वृद्धि, गोरखा जिल्लाको भौगोलिक बनावट तथा सडकहरुको अवस्था, सवारी साधनहरुको पार्टपुर्जा तथा मोविलको वर्तमान मूल्य, बैंकहरुको चर्को व्याजदर, सवारी कर र बिमा लगायतमा भएको महंगी, यात्रु चापमा भएको कमि लगायतका बर्तमान समस्यालाई नजर अन्दाज गरि भाडादर समायोजन भउको यातायात ब्यवसायीले बताएका छन् ।
वुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै समायोजन भएको भाडारदको हालको अवस्थामा बाध्य भएर यातायात सेवा संञ्चालन गर्न नसक्ने भएको जनाएका हुन । भाडादर निर्धारण समितिले निर्धारण गरेको विभिन्न स्थानहरुको दुरी पनि क्रुटीपूर्ण रहेकोले सो दुरी पनि सच्याउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
सडक अनुगमन समिति द्धारा जिल्ला भित्रका विभिन्न सडकहरुको अनुगमन गरी सर्वपक्षिय बैठकद्धारा यातायात संञ्चालन स्थानको दुरी निर्धारण र बाटोको अवस्था अध्ययन गरी भाडादर कायम गर्न ब्यवसायीले माग गरेका छन् । ब्यवसायीले सर्वपक्षिय वैठकको पनी माग गरेका छन् ।
सर्वपक्षिय बैठक नहुदा सम्मको लागि पुरानै भाडादर कायम गरी आउदै गरेको बडादशैँ तथा शुभदिपावलीको समयमा सहज रुपमा यातायात सेवा संञ्चालनका लागि सहजता प्रदान गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । माग सम्वोधन नभए सबै यातायातका साधनहरु आफ्नै घर ग्यारेजमा थन्काउन बाध्य हुने पनि ब्यवसायीको चेतावनी छ ।