बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
गोरखा ः बैकिङ कसुर मुद्धामा फरार रहेका भिमसेन थापा गाउपालिका–६ अश्राङका ४२ वर्षिय नारायण परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका–५ वस्ने ३० वर्षिय सोहन रोकाको जाहेरी दरखास्तका आधारमा परियारलाई वैकिङ कसुर मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो । परियारले नगद पाँच लाख पचासी हजार आफ्नो नाममा खाता भएको मुक्तिनाथ बिकास बैंक लिमिटेड गोरखा शाखाको चेक काटी दिएको र उक्त चेक सटहीको लागि जाँदा खातामा पर्याप्त रकम नभएको भनि चेक अनादर भई फिर्ता भएको भन्दै परियारलाई कारवाही गरी चेकमा उल्लेखित रकम समेत दिलाई भराई पाउँ भनि रोकाले जाहेरी दरखास्त दिएका थिए ।
परियार विरुद्ध बैकिङ कसूर मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र खोजतलास गर्ने क्रममा असोज १९ गोरखा नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार परियार विरुद्ध गोरखा जिल्ला अदालत बाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई बैकिङ कसूर मुद्दामा थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ ।