२४ जनाको मोतियाविन्दुको शल्यक्रिया
२४ जनाको मोतियाविन्दुको शल्यक्रिया
गोरखा ः गेरखा लायनस आँखा अस्पतालको आयोजनामा भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट २४ जनाको सफल शल्यक्रिया गरिएको छ ।
१९ गते देखि २१ गते सम्म संचालन भएको शिविरबाट गोरखा नगरपालिकाका १६ जना र अन्य नगरपालिका तथा गाउँपालिकाका ८ जना ब्याक्तिहरुको आखाँको शल्यक्रिया गरिएको थियो । १३ जना महिला र ११ जना पुरुषहरुले सेवा लिएका हुन् ।
शिविरमा गोरखा नगरपालीका, पालुङ्गटार नगरपालिका, सिरानचोक, अजिरकोट, शहिदलखन तथा तनहुको बन्दिपुर गाउपालिका बाट आँखाको समस्या लिएर आएकाहरुको शल्यक्रियामा सहभागीता रहेको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले जानकारी दिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले विभिन्न ठाउमा गएर आखाँ जाच गर्ने र मोतिविन्दु शल्यक्रिया गर्न परेमा केन्द्रमा पठाउने गरेको अर्यालले जानकारी दिए । केन्द्रले विद्यालय तथा समुदायमा समेत आँखा जाच शिविर संचाल हुदै आएको छ ।