दुइ जना वालिकालाई यौन दुब्र्यवहारको आरोपमा ४१ बर्षिय पुरुष पक्राउ
दुइ जना वालिकालाई यौन दुब्र्यवहारको आरोपमा ४१ बर्षिय पुरुष पक्राउ
गोरखा ः दुइ जना वालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा ४१ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षिय र १६ वर्षिय दुइ जना बालिकालाई यौन दुब्र्यवहारको आरोपमा सिरानचोक गाउपालिका–५ का ४१ ब्र्षिय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । असोज १३ गते १५ वर्षिय र असोज २० गते १६ वर्षिय बालिकालाई यौन दुब्र्यवहार गरेको पिडितका आफन्तहरुको जाहेरी दरखास्तको आधारमा आरोपित पक्राउ परेका हुन् ।
पिडित वालिकाहरुको सवेदनशिल अंगहरुमा समाती यौनजन्य अस्वभाविक ब्यवहार गरि यौन दुब्र्यवहार गरेको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । सोमबार आरोपित विरुद्ध बालयौन दुरुपयोग कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।