लोक दोहोरी महोत्सवको उद्घाटन भोली हुने
लोक दोहोरी महोत्सवको उद्घाटन भोली हुने
गोरखा ः सदरमुकाम स्थित हरमटारी खेल मैदानमा हुने वृहत लोकदोहोरी महोत्सवको उद्घाटन भोली(वुधबार) हुने भएको छ ।
आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज मंगलबार नै महोत्सवको उद्घाटन गर्ने यस अघि तय गरेको थियो ।
इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीहरुले ज्यान गुमाएको दुखद घटनापछि मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि उद्घाटन कार्यक्रम वुधबारलाई सारिएको आयोजक लोक तथा दोहोरी गित प्रतिष्ठानले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा महोत्सवको उद्घाटन गरिने आयोजकले जनाएको छ ।