दुइ सय ४९ जनालाई वोडर पास वितरण
दुइ सय ४९ जनालाई वोडर पास वितरण
गोरखा ः चिन सिमा क्षेत्रका दुइ सय ४९ जनालाई वोडर पास वितरण गरिएको छ ।
छेकम्पारका १ सय १५, चुम्चेतका ३१, ल्होका ४०, सामागाउँका ४५, प्रोकका १२, विहि ६ जनालाई वोडर पास वितरण भइसकेको चुमनुव्री गाउपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । वोडर पास पाएको दुइ सय ४९ मधये २५ जना महिला छन् । वोडर पास असोज २५ गते सम्म वितरण रहने पनि उनले बताए ।
बुधबार देखि वोडर पास वितरण शुरु भएको हो । चुमनुव्री गाउँपालिका–३ सिर्दिवास स्थीत इलाका प्रशासन कार्यालयबाट पास वितरण गरिएको हो । वितरण गरिएको पासको म्याद एक बर्ष हुने र त्यस पछि रिन्यू गर्नुुपर्ने प्रशासनले जनाएको छ ।
कोभिड महामारीका कारण चार वर्ष यता उत्तरी गोरखाको नाका वन्द भएको थियो । चिन सरकारले डेड साता अघि नाका खोलेपनि वोडर पास नहुँदा स्थानीय तिब्बत छिर्न पाएका थिएनन् । सिमा क्षेत्रका स्थानीय नुन, दाल, तेल, चामल लगायतका अत्यावश्यक सामाग्री खरिदका लागि तिब्बतको वजार जाने गर्छन् ।