धार्चे गाउँपालिकामा वजार अनुगमन
धार्चे गाउँपालिकामा वजार अनुगमन
गोरखा ः धार्चे गाउपालिकाले बजार अनुगमन गरेको छ ।
७ वटा किराना तथा खाद्यान्न, ४वटा स्टोर्स तथा सप्लायर्स, २ वटा तरकारी तथा फलफुल, २ वटा मासु, ७ वटा होटल तथा रेष्टुरा, ३ वटा फेन्सी तथा कस्मेटिक र १ वटा ब्यूटि पार्लरको अनुगमन गरिएो हो । बजार अनुगमनका क्रममा किराना तथा खाद्यन्न पसल केहि दर्ता नभएको पाइएको थियो ।
अधिकाशंको साइनवोई नभएको,अधिकाशमा मुल्यसूचि नभएको, केहि नबिकरण नभएको म्याद गुज्रेका सामान रहेको तथा केहीको खरिद तथा विक्रि विल नभएको पाइएको अनुगमन टोलीलले जनाएको छ । यस्ता पसलहरुलाई दर्ताको प्रक्रियामा छिटो आउन ,साईनबोई र मूल्यसूचि अनिवार्य राख्र, म्याद गुज्रेका सामानहरु नबेच्न अनुगमन समितिले निर्देशन दिएको छ ।
केहि स्टोर्स तथा सप्लायर्स दर्ता भएपनि नविकरण नरहेको , अधिकाशमा मूल्यसूचि नभएको, अधिकाशमा म्याद गुज्रेका सामान रहेको, केहीमा खरिद तथा विक्रि विल नभएको र सरसफाईको अवस्था कमजोर रहेको पाइएको थियो ।
दुई वटा मासु पसल दर्ता नभएको पाइएको र एउटामा साइनवोर्ड नभएको पाइएको थियो । होटेल तथा रेष्टुरेन्ट ७ केही दर्ता नभएको , केहीको साइनवोर्ड नभएको पनि पाइएको थियो । गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ नेतृत्वमा असोज २२ र २३ गते वजार अनुगमन भएको थियो ।