अनुगमनको क्रममा नियन्त्रणमा लिएको म्याद गुज्रीएका सामाग्री नष्ट
अनुगमनको क्रममा नियन्त्रणमा लिएको म्याद गुज्रीएका सामाग्री नष्ट
गोरखा ः सिरानचोक गाउपालिकाले अनुगमनको क्रममा नियन्त्रणमा लिएको म्याद गुज्रीएका सामाग्री नष्ट गरेको छ ।
मंगलबार नयासााघु क्षेत्रका द्दण्, चोरकाटे वजारका १५, हर्मी भञ्ज्याङका–११ पसलको अनुगमन भएको थियो । सो क्रममा कुरकुरे, पेय पदार्थ, हर्लीक्स लगायतका म्याद गुज्रीएका दैनिक उपभोग्य खाद्य वस्तु नियन्त्रणमा लिइएको थियो ।
वुधबार म्याद गुज्रीएका खाद्य वस्तु स्थानीय, प्रहरी तथा उपभोक्ताको रोहवरमा नष्ट गरिएको गाउँपालिकाले जनाउको छ । गुणस्तरीय खाद्य वसतुको खरिद विक्रि गर्न पनि पालिकाले आग्रह गरेको छ । गाउँपालिका उपाध्यक्ष रिता देवकोटाको नेतृत्वमा भएको वजार अनुगमनका क्रममा कतिपय पसलहरु घरेलु उद्योगमा दर्ता भएपनि गाउपालिकामा सुचिकृत नभएको पाइएको थियो । यस्ता पसललाई सुचिकृतका लागि पनि आग्रह गरिएको छ ।