लोकदोहोरी महोत्सव शुरु
लोकदोहोरी महोत्सव शुरु
गोरखा ः गोरखा सदरमुकाममा वुधबारबाट लोकदोहोरी महोत्सव शुरु भएको छ ।
महोत्सवको गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गरे । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला कार्यसमिति गोरखाको आयोजनामा दशै लगायतका चाडपर्वलाई लक्षित गरेर पहिलो पटक लोकदोहोरी महोत्सव आयोजना गरिएको हो । महोत्सवको अवसरमा राष्ट्रिय स्तरको दोहोरी प्रतियोगीता हुने छ ।
जिल्लाका ११ वटै पालिकामामा प्रचलनमा रहेको पुरानो सस्कृतिको पनि प्रदर्शन गरिने छ । चुट्का, भजन, मारुनी नाच जस्ता पालिकाहरुमा प्रचलनमा रहेका विधाहरु महोत्सवमा प्रस्तुत हुने आयोजकले बताएको छ । लोप हुन लागेको संस्कृतिको प्रदर्शनी गर्ने उत्कृष्ट पालिकालाई नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
राष्ट्रिय कलाकारको प्रस्तुती, हास्यकलाका प्रस्तुतीपनि रहने छ । महोत्सवमा एक सय वढी स्टल, र वालउद्यान लगायतका मनोरञ्जनका सामाग्री पनि रहने छन् । महोत्सवको एक लाख वढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव कात्तिक ३ गते सम्म संचालन रहने छ ।
वुधबारको उद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठ, गण्डकी प्रदेशका सांसद तथा नेपाली कागेसका जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।