काग्रेसको जिल्ला सम्मेलनको तयारी पुरा
काग्रेसको जिल्ला सम्मेलनको तयारी पुरा
गोरखा ः नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन आज (शुक्रबार) बाट सुरु हुने भएको छ ।
सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको नेपाली कागं्रेस जिल्ला कार्यसमिति गोरखाले विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । सम्मेलनको नेपाली काग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्ने तय भएकोे छ । सम्मेलन शुक्रबार र शनिबार दुइ दिन सम्म चल्ने कांग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।
सम्मेलनमा एक हजार सात सय जनाले सहभागीता जनाउने छन् । सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागीता रहने पनि कांग्रेसले जनाएको छ । सम्मेललनमा पार्टी र जिल्लाका विभिन्न विषय वस्तुवारे छलफल हुने काग्रेसले जनाएको छ । पाटिको भावि कार्ययोजनाको वारेमा पनि वैठकमा छलफल हुने उनले बताए ।