गण्डकी गाउँपालिकामा विद्यालय स्तरीय फुटवल प्रतियोगीता
गण्डकी गाउँपालिकामा विद्यालय स्तरीय फुटवल प्रतियोगीता
गोरखा ः गण्डकी गाउँपालिकामा विहिबारबाट विद्यालय स्तरीय फुटवल प्रतियोगीत शुरु भएको छ ।
गण्डकी गाउँपालिका–५ दर्वुङ मा भएको छात्र तथा छात्रा फुटवल प्रतियोगीतको एक कार्यक्रमका विच गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीनाले उद्घाटन गरेका छन् । प्रतियोगीतामा पालिका भित्रका माध्यमिक विद्यालयका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगित आन्तरगत विहिबार छात्र÷छात्रा तर्फ ५÷५ खेल सम्पन्न भएका छन् ।
छात्रा तर्फ भैरवाश्रम मावि र भद्रकालि विच भएको खेलमा २–० गोल अन्तरले भैरवाश्रम मावि विजयी वनेको छ । त्यस्तै दिर्घेश्वर र विजया भवानी मावि भएको खेलमा १–० गोल अन्तरतले दिर्घेश्वर विजयी वनेको छ । बालकी मावि र सुर्योदयमावि विच भएको खेलमा १–० गोल अन्तरले सुर्योदय विजयी वनेको छ । ज्ञानमार्ग र तोमान डाडा मावि विच भएको खेल निर्धारित समयमा १–१ गोल भएको थियो ।
पेनाल्टीमा ३–२ गोल अन्तरले ज्ञानमार्ग विजयी वनेको गाउँपालिकाले जनाएको छ । त्यस्तै भैरवाश्रम मावि र ताङलीचोक मावि विच भएको खेलमा १–० गोल अन्तरले भैरावश्रम मावि विजयी वनेको छ । छात्र तर्फ ज्ञानमार्ग र रत्नेश्वर मावि विच भएको खेलमा ४–० गोल अन्तरले ज्ञानमार्ग, विजया भवानी मावि र तोमनडाडाँ मावि विच भएको खेलमा ५–० गोल अन्तरले विजयाभवानी, दिर्घेश्वर र ताङलीचोक मावि विच भएको खेलमा ३–१ गोल अन्तरले दिर्घेश्वर, भद्रकालि र सुुर्योदय मावि विच भएको खेलमा ५–१ गोल अन्तरले भद्रकाली विजयी वनेको छ ।
भैरवाश्रम र ज्ञानमार्ग मावि विच भएको खेल निर्धारित समयमा १–१ मा रोकिएको थियो । पेनाल्टीमा ५–४ गोल अन्तरले ज्ञानमार्ग विजयी वनेको छ । दुइ दिन सम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलार्य ७ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।