कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे


आइतवार, अशोज २८, २०८०


कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे

गोरखा ः नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् ।

‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय कसैलाई केही, कसैलाई केही मन परेको छैन’ गृहजिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै उनले भने ‘उपलब्धी उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्वहरु अहिले सल्बलाएका छन् ।’ प्राप्त उपलब्धीको रक्षा गर्दै देश बिकासमा अघि बढ्नुपर्ने उनले बताए ।



गोरखाको नेपाली कांग्रेस भित्रको एकता र आत्मियतालाई कायम राख्नुपर्ने बताउँदै उनले कहिलेकाँही खल्बल्याउने प्रयत्न देखिने गरेको उनले बताए । ‘अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर संगठन कमजोर बनाउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘संगठन सुदृढ बनाए आगामी निर्वाचनमा कसरी जित्ने ? त्यो अनुसार अघि बढ्ने हो ।’

कांग्रेसभित्र हरेक तहमा अब्बल पात्र धेरै रहेको बताउँदै केन्द्रिय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले भने ‘यो हाम्रो व्यवस्थाले सबैले एकै पटक नेतृत्व गर्न मिल्दैन, यो बुझ्नुपर्छ ।’
कांग्रेस नेतृत्वको स्थानीय तह, प्रदेश र संघ सरकारले गरेका, भएका राम्रा कामलाई जनताको विचमा लैजान नसकेको उनले बताए । ‘गण्डकी प्रदेश सरकारको नेतृत्व मैले गरिरहेको छु, बिकासको बारेमा कांग्रेस कार्यकर्ता र जनताले शिर झुकाउन नपर्ने गरि सरकारले आफ्नो क्षमताले भ्यायसम्म काम गर्नेछ’ उनले भने ।

औँला ठड्याउने अवस्था आउन नदिने गरि गण्डकी सरकारले जनताको पक्षमा काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षता र कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आथित्यतामा जिल्ला सम्मेलन भएको हो । काग्रेस सभापति नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा काग्रेसको केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, अब्दुल सतार, सांसद राजेन्द्र वजगाई, प्रदेशका महामन्त्री किरण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा पूर्व सांसद प्रकाशचन्द्र दवाडी, महिला संघ गोरखाका अध्यक्ष मनकुमारी गुरुङ, पार्टीका पूर्व जिल्ला उपसभापति सुकदेव दवाडी, जिल्लाका क्षेत्रीय सभापति गोविन्द गुरुङ लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda