क्षेत्री दिवस विविध कार्यक्रम गरी मनाइयो
क्षेत्री दिवस विविध कार्यक्रम गरी मनाइयो
गोरखा ः क्षेत्री समाज नेपाल जिल्ला शाखा गोरखाले २६ औ क्षेत्री दिवस मनाएको छ
दशैको अवसरमा शुभकामना आदान प्रदान सहित दिवस मनाइएको हो । सदरमुकाममा समाजका जिल्ला अध्यक्ष दिल वहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य शंकर वहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा गण्डकी पदेश सदस्य रोलक वहादुर थापा, गण्डकी प्रदेस सदस्य तथा महिला अध्यक्ष कल्पना कुँवर, शाखा उपाध्यक्ष पुर्ण जंग भण्डारी, युवाको तर्फबाट अन्जन खत्री, ज्ञानु अधिकारी अर्याल लगायतले मन्तब्य राखेका थिए भने वद्रि गर्तौलाले कार्यक्रमको सहजिकरण गरेका थिए ।