दशैको अवसरमा शुभकामना आदान प्रदान
दशैको अवसरमा शुभकामना आदान प्रदान
गोरखा ः दशै, दिपावली, नेपाल संवत र छठको अवसर पारेर लायन्स क्लव अफ गोरखा तारानगले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार गोरखा नगरपालिका–११ स्थित वडा कार्यालय परिसरमा भएको कार्यक्रममा गोरखा नगबरपालिकाकी उपमेयर मसली मायाँ थोकर, वडा नम्वर ११ का वडा अध्यक्ष राम वहादुर खड्का, १० का अध्यक्ष प्रदिप कुँवर, १२ का अध्यक्ष दिल वहादुर थापा, लायन्स क्लव इन्टरनेशनल ३२५ जे नेपालका ड्रिस्टिक को चिप चन्दन वावु खत्री, नेपाली कांग्रेसका सचिव किशोर जंग थापा, माओवादी वडा पाटि अध्यक्ष कृष्ण रेग्मी, लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवान वावु मास्के, लायन्स क्लव अफ गोरखा डाइमनका अध्यक्ष सविन खत्री लगायतले मन्तब्य राखेको क्लवका सचिव विवर कुमालले जानकारी दिए ।