पहरेमा फुटबल प्रतियोगिता सुरु
पहरेमा फुटबल प्रतियोगिता सुरु
गोरखा ः दशैको अवसरमा बारपाक सुलिकोट गाउँपालिका–८ पहरेमा प्रथम भुवानी कप फुटवल प्रतियोगीता शुरु भएको छ ।
भुवानी युवा क्लवको आयोजनमा प्रतियोगीता शुरु भएको हो । प्रतियोगीताको वुधबार गण्डकी प्रदेशका पुर्व सांसद प्रकाश चन्द्र दवाडीले उद्घाटन गरे । खुल्ला सिक्स ए साइट फुटवल प्रतियोगीता चार दिन सम्म चल्ने छ ।
क्लवका अध्यक्ष प्रकाश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद दवाडी, तरुण दलका केन्द्रिय सदस्य पदम भट्टराइ, वडा अध्यक्ष चुर्ण गुरुङ लगायतले मन्तब्य राखेका थिए । त्यस्तै दशैको अवसरमा अजिरकोट गाउपालिका–४ गोगनपानीमा भलिवल खेल सम्पन्न भएको छ । गोगनपानी युवा क्लवको आयोजनमा प्रतियोगीता भएको हो ।