आगोलागीले घरमा पुर्ण क्षति
आगोलागीले घरमा पुर्ण क्षति
गोरखा ः विद्युत सट भएर आगोलागी हुँदा बारपाक सुलकोट गाउपालिका–३ स्वाराकी डिलमायाँ थापाको एक तले घर जलेर नष्ट भएको छ ।
आइतबार विद्युत सर्ट भएर आगोलागी भएको थियो । आगोलागीका कारण घरमा पुर्ण रुपमा क्षति हुनुका साथै लक्ताकपडा, भाडावर्तन र अन्नपात समेत नष्ट भएको छ । आगोलागीले घरमा क्षति पुगेसँगै डिलमायाँका पाँच परिवार विस्थापित वनेर गोठमा सरेका छन् ।
आगोलागी पिडित थापालाई सोमबार जिल्ला रेडक्रस सोसाइटी गोरखाले राहत सामाग्री पनि वितरण गरेको छ । दुई थान त्रिपाल, लक्ताकपडा, भाडाकुडाको सेट, कम्मल लगायतको सामाग्री प्रदान गरिएको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए । १२ हजार ५ सय वरावरको सामाग्री प्रदान गरिएको हो ।
जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति यदु विलास भट्टराई लगायतको टोली राहत वितरणका लागि स्वाँरा पुगेका थिए । जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखाले भैपरी आउने विपदका लागि भन्दै सौरपानी उपशाखामा चार सेट प्याकेजका सामाग्री पनि प्रदान गरेको छ ।