मनास्लु पदमार्गमा विरामी परेका दुई जना पर्यटकको उद्धार
मनास्लु पदमार्गमा विरामी परेका दुई जना पर्यटकको उद्धार
गोरखा ः चुमनुव्री गाउँपालिका–६ रिप्चेत स्थित लुम्जेन गुम्वाबाट दुई जना पर्यटकको उद्धार गरिएको छ ।
मनास्लु पदमार्ग घुम्न गएका पर्यटक आइतबारबाट विरामी परेका थिए । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्डका नागरिक सोल्भो सोफिया सिह्यूलको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । उनिहरुलाई अल्टिच्यूड एयरको हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौ लगिएको छ ।
स्वीजरल्याण्डाका नागरिक सोल्भो लेक लागेर विरामी परेका थिए भने अमेरिकी नागरिक इरिका कोनेल लडेर सामान्य चोट लागेको थियो । उनिहरु कात्तिक ७ गते म्याजिकल नेपाल ट्रेकिङ एजेन्सी मार्फत घुम्नका लागि चुमभ्याली आएका थिए । सोमबार हेलिकप्टर मार्फत उद्धार गरिएको दुवै जनाको काठमाडौ स्थित रिद्धि इन्टरनेशनल हस्पिटलमा उपचार भएको छ । उनिहरुको स्वास्थ्य सुधार आएको पनि अस्पतालले जनाएको छ ।