५५ हजार नगद सहित ५ जुवाडे पक्राउ
५५ हजार नगद सहित ५ जुवाडे पक्राउ
गोरखा ः गोरखा नगरपालिका–४ पिपलथोकबाट जुवा÷तास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
पिपलथोक स्थित लाल प्रसाद श्रेष्ठको घरमा अवैध रुपमा हारजित हुने गरी जुवा÷तास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठ सिहत गोरखा नगरपालिका–४ का सुन्दर राना, दिनेश गुरुङ, प्रकाश कुँवर र फिरोज मियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट तास सहित नगद ५५ हजार ८ सय १५ रुपैया नगद समेत वरामद गरिएको छ ।
पक्राउ परेकाहरु विरुद्ध मंगलबार जुवा सम्वन्धी कसुर शिर्षकमा जिल्ला प्रकाशन कार्यालयबाट म्याद थप लिइ अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । सोमबार राती लालप्रसाद श्रेष्ठको घरमा जुवा÷तास खेलीरहेको सुचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।