संघीयता कमजोर वनाउने प्रयास भइरहेको छ ः गुरुङ

संघीयता कमजोर वनाउने प्रयास भइरहेको छ ः गुरुङ


आइतवार, कार्तिक १९, २०८०


संघीयता कमजोर वनाउने प्रयास भइरहेको छ ः गुरुङ

गोरखा ः नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयता कमजोर वनाउने प्रयास भइरहेको बताएका छन् ।

दशै, दिपावली, छठ लगायतका चाडपर्वको अवसरमा नेकपा एमाले जिल्ला कमिटि गोरखाले आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै गुरुङले संघीय प्रहरी ऐन लगायतका प्रदेशलाई दिनुपर्ने अधिकार संघीय सरकारले दिन कञ्ज्यूस्याई गरेको धारणा राखे । संघीयता वलियो वनाउन आचरण, शैली ब्यवहार परिवर्तन गर्नुपर्ने उनले बताए ।



‘राष्ट्रिय जनमार्चा वा मसालले विरोध गरेर संघीयता कमजोर भएको होइन, हाम्रो क्रियाकलाप, शैली आचारण ब्यवहारले गर्दा कमजोर भइरहेको छ, कांग्रेस, एमाले, जसपा, शासनसक्तामा जो छ उसले आत्म समिक्षा गर्नुपर्छ,’ उनले भने । सरकारले कुल वजेटको तिन प्रतिशत रकम मात्र प्रदेश सरकारलाई छुट्टाएको उनले बताए ।

‘१७ अर्व वजेटमा तिन प्रतिशत मात्र प्रदेश सरकारलाई छुट्टाइएको छ, कसरी संघीयता वलियो हुन्छ, कसरी गरिवी निवारण हुन्छ, उत्पादन कसरी वढ्छ,’ उनले भने,‘गठवन्धनमा रहेका दलहरु पनि चुप लागेर नवसौँ, प्रमुख प्रशासकीय अधिकृत समेत संघले खटाएको छ, प्रदेशले कर्मचारी पाएका छैनन ।’ संघीयता वलियो वनाउने दायीत्व दलहरुकै रहेको उनले बताए ।

‘नेपाल जस्तो वहुजातिय, वहुभाषिक, वहु सास्कृतिक मुलुक, भौगोलिक हिसावले पनि विविधता छ, वर्गिय, धार्मिक असमानता छ, रगत चल्छ, तर पानी नचल्ने असभ्य समाजको संस्कारको अन्त्य चाहेको हो,’ उनले भने । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda