गोर्खाली वचत तथा ऋण सहकारीमा बानियाँ
गोर्खाली वचत तथा ऋण सहकारीमा बानियाँ
गोरखाः गोर्खाली वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन विदुर वानियाँ निर्वाचित भएका छन् ।
उपाध्यक्षमा कृष्ण प्यारा श्रेष्ठ, सचिवमा कुमार तिवारी, कोषाध्यक्षमा तिलक जंग केसी, सहकोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा कृष्ण वहादुर गुरुङ, रीता श्रेष्ठ, राजकुमार श्रेष्ठ, अनन्त न्यौपाने, राजेन्द्र कुमार श्रेष्ठ, भगवती कुँवर निर्वाचित भएका छन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितको संयोजकमा केशवराज रेग्मी, सदस्यहरुमा वावुराम तिवारी, संजय अधिकारी चयन भएका छन् ।
गोरखा नगरपालिका–६ शक्तिचोकमा रहेको सहकारीको ११ औँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको अवसरमा शेयर सदस्यका छोराछोरीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । कक्षा ८ का उत्कृष्ट अंक ल्याउने श्रावणी जोशि, रीस्ता श्रेष्ठ, आजन उपाध्याय तथा कक्षा १० मा अध्ययन गर्ने अस्मिता श्रेष्ठ, अमन श्रेष्ठ, आयुसी वस्तीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
त्यस्तै असल ऋणिको तर्फबाट इश्वरी राना, पुनम रानामगर, सनोद श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाका अध्यक्ष विदुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यको तर्फबाट यदु प्रसाद अधिकारी, निवर्तमान उपाध्यक्ष कुमार तिवारी लगायतले मन्तब्य राखेका थिए ।