४ सय ४० जनाको आँखा जाँच
४ सय ४० जनाको आँखा जाँच
गोरखा ः गोरखा नगरपालिका–१३ र १४ मा भएको आँखा जाँच शिविरबाट ४ सय ४० जनाको आँखा जाच गरिएको छ ।
नेत्रहीन संघ पुस्थापना कार्यक्रम गोरखाको प्राविधिक सहयोग र गोरखा नगरपालिका वडा नम्वर १३ र १४ को स्वास्थ्य संस्थाको आयोजनामा निशुल्क आँखा जाँच शिविर भएको हो । प्यूगरवेसी, देउराली हटिया, सिमलगैरी तिनकिलो, सिम्ले हुदै गोप्लीङका स्थानीय शिविरबाट लाभान्वीतन भएका छन् ।
शिविरमा आँखा जाँच गरिएका मध्ये दुइ सय ६३ को औषधि उपचार, ६० जनालाई चश्मा वितरण गरिएको छ । आँखा जाँच गरिएका मध्ये ६६ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको देउराली स्वास्थ्य चौकिको प्रमुख दिपेन्द्र भण्डारीले जानकारी दिए ।