पाँच स्थानीय तहका छाडा कुकुरको वन्ध्याकरण शिविर
पाँच स्थानीय तहका छाडा कुकुरको वन्ध्याकरण शिविर
गोरखा ः जिल्लाका पाच स्थानीय तहमा सामुदायीक तथा छाडा कुकुरहरुको वन्ध्याकरण शिविर संचालन भएको छ ।
शुक्रबार र शनिबार आरुघाट गाउँपालिकामा भएको शिविरमा १ सय ७२ कुकुरको वन्ध्याकरण गरिएको छ । आइतबार वारपाक सुलिकोट गाउपालिकामा वन्ध्याकरण शिविर भएको थियो । बारपाक सुलिकोट गाउँपालिकाको ७० वटा कुकुरको वन्ध्याकरण गरिएको छ ।
अजिरकोट, सिरानचोक र पालुङटार नगरपालिकामा क्रमश वन्ध्याकरण शिविर संचालन गर्दै जाने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाकाकी प्रमुख शर्मिला कुमालले जानकारी दिइन् । पालिका सँगको साझेदारीमा ज्ञान केन्द्रले शिविर संचालन गरेको हो । आरुघाट गाउँपालिकामा भएको शिविरमा विज्ञ केन्द्रबाट दुइ लाख तथा गाउपालिकाको चार लाख खर्च भएको छ ।
वारपाक सुलिकोट गाउपालिकामा भएको शिविरमा गाउपालिकाको तिन र विज्ञ केन्द्रले एक लाख वजेट छुट्टाएको छ । अन्य पालिकाको लागि पनि १–१ लाख वजेट छुट्टाइएको छ । शिविर काक्तिक २३ गते सम्म संचालन हुने छ । वन्ध्याकरण शिविर संचालनका लागि ज्ञान केन्द्रको समन्वयमा काठमाडौ भ्याली क्लीनिकका पशु चिकित्सकहरुको टोली खटिएका छन् । छाडा कुकुरको संख्या नवढोस भनेर शिविर संचालन गरिएको कार्यालयले जनाएको छ ।