जवरजस्ती करणीको आरोपमा पक्राउ
जवरजस्ती करणीको आरोपमा पक्राउ
गोरखा ः जबरजस्ती करणीको कसूरमा सिरानचोक गाँउपालिका– ३ हर्मी स्थित घुरेमा २९ बर्षिय सन्जिब अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार २४ वर्षकी महिलालाई २०७९ साउन २ गते शौचालय जादैँ गर्दा जबरजस्ती करणी गरेको भन्दै पिडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो । आरोपिलाई आइतबार पक्राउ गरी सोमबार जबरजस्ती करणी कसूरको मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।