पिढीबाट लडेर एक जनाको मृत्यू
पिढीबाट लडेर एक जनाको मृत्यू
घरको पिढीबाट लडेकी सिरानचोक गाँउपालिका–८ माथिल्लो फिनाम की ६८ वर्षिकी भिमु गुरुङको मृत्यू भएको छ ।
आइतबार पिढीबाट आँगनमा लडेर घाईते भएकी गुरुङको टाउकोको गहीरो चोट लागेको थियो । गुरुङलाई तत्काल उद्धार गरी उपचारको लागि जौबारी स्थीत प्राथमिक स्वास्थ्य केन्द्र पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । शव पोष्टमार्टम पश्चात उनका आफन्तको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।