प्रवलिकरण भएका ६ विद्यालयको भवन हस्तान्तरण
प्रवलिकरण भएका ६ विद्यालयको भवन हस्तान्तरण
२०७२ वैशाख १२ को भूकम्पले क्षति पु¥याएका ६ विद्यालय भवन प्रवलीकरण गरि हस्तान्तरण गरिएको छ ।
एशियाली विकास वैक एडीबीको सहयोगमा प्रवलीकरण गरिएको गोरखा नगरपालिका कुन्दुरस्थित महेन्द्र माविको भवन दुइ करोड ७८ लाख ९५ हजार, नवज्योती मावि डण्डीडाडाको तिन वटा भवन १ करोड ७८ लाख ९ हजार, महेन्द्रज्योति मावि दरवारमार्गको भवन दुइ करोड ३७ लाख ८२ हजारमा प्रवलीकरण भएको जनाइएको छ । त्यस्तै सिरानचोक–८ चिप्लेटीको जनज्योती माविको भवन १ करोड ९३ लाख ६२ हजार, शहिद लखन गाउपालिका स्थित शहिद स्मृति मावि वुंकोटको भवन दुइ करोड १४ लाख ३१ हजार, बारपाक सुलिकोट गाउपालिका स्थित सौरपानीको सिद्धार्थ माविको भवन ६२ लाख ९४ हजारको लागतमा प्रवलीकरण भएको हो । अव प्रवलिकरण गरिएका ४ वटा विद्यालय भवन हस्तान्तरण वाकी छ । प्रवलीकरण अन्तरगत घेरावार निर्माण, वगैचा तथा विपदको प्रतिराधी समाग्री जडान पनि गरिएको छ । आइतबार भएको भवन हस्तान्तरण कार्यक्रममा पालिकाका प्रमुख तथा प्रतिनिधि, शिक्षक लगायतको सहभागीता रहेको थियो ।