भूकम्प पीडितलाई गोरखाका स्थानीय तहहरुले सहयोग गर्ने
भूकम्प पीडितलाई गोरखाका स्थानीय तहहरुले सहयोग गर्ने
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका लागि गोरखाका स्थानीय तहहरुले सहयोग गर्ने तयारी थालेका छन ।
प्रत्येक गाउपालिकाले १ लाख र दुइ नगरपालिकाले डेड लाख सहयोग उपलब्ध गराउने गरी सहयोगको तयारी भइरहेको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले जानकारी दिए । सहयोगका लागि छलफल चलिरहेको जनाइएको छ । ‘आज वा भोलीमा सबै स्थानीय तह जुटेर निर्णय गर्छौ,’ शहिद लखन गाउपालिकाका अध्यक्ष रमेश थापाले भने । जिल्ला समन्वय समिति मार्फत सरकारको कोषमा उत्त रकम जम्मा गर्ने गरि छलफल भइरहेको उनले बताए । ‘मौखिक सहमति छ, छिट्टै वसेर निर्णय लिन्छौ,’ उनले भने । जिल्लाका ११ वटा पालिकाले १२ लाख रुपैया नगद सहयोगको तयारी गरेका हुन् । शुक्रबार राती ११ वजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु वनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५३ जनाको मृत्यू भएको छ । सयौ घरहरुमा भूकम्पले क्षति पु¥याएको छ ।