मापसे गरी सवारी दुर्घटना गराएको आरोपमा एक जना पक्राउ
मापसे गरी सवारी दुर्घटना गराएको आरोपमा एक जना पक्राउ
गोरखा ः मादक पदार्थ सेवन गरि सवारी चलाई दुर्घटना गराएको आरोपमा एक जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–८ आहाले वस्ने ६० वर्षिय हरिशरण गोदारलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार गोदारले चलाएको ग २ च ७४९४ नम्वरको एम्वुलेन्सले विपरित दिशाबाट आएको ना ५ च २४५४ नम्वरको बोलेरो जिपलाई ठक्कर दिइ दुर्घटना भएको थियो । एम्वुलेन्स चालक गोदारलाई अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरि सवारी चलाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
वोलेरो चालक विकास भट्टलाई धाक धम्की दिइ अभद्र ब्यवहार गरेको जाहेरी दरखास्त को आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी दुर्घना गराउने र अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका गोदार विरुद्ध मंगलबार सार्वजनिक हित विरुद्धको कसुर शिर्षकमा मुद्र्धा गरी म्याद थप लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।