भूकम्प पीडितलाई सहयोगका लागि उद्योग वाणिज्य संघको पहल
भूकम्प पीडितलाई सहयोगका लागि उद्योग वाणिज्य संघको पहल
धार्चे गाउपालिकाले कार्यपालिका वैठकबाट निर्णय गराएर एक लाख सहयोग गर्ने निर्णय गरेको छ । अन्य पालिकाले पनि सहयोगको तयारीमा छन् । जिल्लाका ११ स्थानीय तहले १२ लाख रुपैया सहयोग गर्ने तयारी थालेका हुन् ।
गोरखा ः काक्तिक १७ गते राती ११.४७ मा जाजरकोट केन्द्रविन्दु बनेर गएको भूकम्प प्रभावितलाई सहयोगका लागि गोरखा उद्योग वाणिज्य संघले पहल थालेका छ ।
संघको २९ औँ वोर्ड वैठकबाट निर्णय गराएर संघ परिवार र संस्थागत तर्फबाट आर्थिक सहयोग संकलन गर्ने कार्यमा पहल गरिसकिएको संघले मंगलबार अपिल जारी गरि जानकारी गराइएको छ । प्रभावित जनताहरुलाई गोरखा जिल्लाको निजी क्षेत्रको तर्फबाट सहयोग गर्न गोरखा उद्योग वाणिज्य संघ आफ्ना सदस्य, संघ संस्था ब्यवसायीहरुलाई अपिल गरेको हो ।
सहयोग गर्न चाहनेलाई गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र सचिवालयमा सम्पर्क राख्न पनि अपिल गरिएको छ । जाजरकोट र रुकुमपश्चिममा गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण त्यस क्षेत्रमा ठुलो धनजनको क्षतीप्रति गोरखा उद्योग वाणिज्य संघले दुख ब्यक्त गरेको छ । त्यस्तै जिल्लाका ११ स्थानीय तहहरुले पनि एकमुष्ट १२ लाख रुपैया सहयोग गर्ने गरि तयारी गरेका छन् । प्रत्येक पालिकाले १÷१ लाख र नगरपालिकाले डेड लाख सहयोगको तयारी गरेका हुन् ।
धार्चे गाउपालिकाले १ लाख सहयोग गर्ने सोमबार कार्यपालिका वैठकबाट निर्णय गरेको छ । भूकम्प पीडितलाई गाउपालिकाको विपद ब्यवस्थापन शिर्षकबाट एक लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने कार्यपालिका वैठकले निर्णय गरेको हो । अन्य पालिकाले पनि कार्यपालिका वैठकबाट निर्णय गराएर आर्थिक सहायता उपलब्ध गराउने तयारी थालेका हुन् ।