३३ जनाको मोतियाविन्दु शल्यक्रिया
३३ जनाको मोतियाविन्दु शल्यक्रिया
गोरखा ः गोरखा लायन्स आँखा सेवा केन्द्रले कात्तिक १९, २० र २१ गते संचालन गरेको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३३ जना आँखाका बिरामीहरु लाभान्वित भएका छन् ।
उक्त शिविरमा गोरखा नगरपालीका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट, भिमसेनथापा, शहिदलखन, अजिरकोट, गण्डकी तथा तनहुको बन्दिपुर गाउपालिका आँखका बिरामीहरुको लाभान्वीत भएका हुन् ।
गोरखा नगरपालिकाको १४ जना र अन्य नगरपालिका तथा गाउपालिका बाट १९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । ति मध्ये १६ महिला र १७ जना पुरुष रहेका छन् । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा समुदायमा पुगेर आँखा जाँच गर्दै आएको छ ।
समुदायमा आँखा जाँचको क्रममा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई केन्द्रमा पठाइने गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिद्यालयमा तथा समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आएको अर्यालले बताए । सो अवसरमा बिरामीहरु मार्फत आफ्ना परिवारका सदस्य तथा छिमेकीहरुलाइ नियमति आँखा जाँजाच गर्नको लागी सेवा केन्द्रले अनुरोध गर्दै आएको छ ।