पौष १९ देखि २९ सम्म हरमटारीमा मेला हुने
पौष १९ देखि २९ सम्म हरमटारीमा मेला हुने
गोरखा ः आगामी पौष १९ देखि २९ गते सम्म कृषि पर्यटन तथा ब्यपार मेला–२०८० हुने भएको छ ।
आयोजक चेम्वर अफ कमर्स गोरखाले पत्रकार सम्मेलन गरेर १० दिने मेलाको वारेमा जानकारी गराएको हो । हरमटारी खेलकुदमैदानमा हुने मेलाको ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ७१ लाखको कारोवार हुने र महोत्सव स्थलमा १२० देखि १३० वटा सम्म स्टल रहने चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।
उपभोक्ताहरुको सहजतालाई मध्यनजर गरी वस्तुहरुको खरिद र विक्रि वितरणको अवसर प्रदान गर्नुका साथै समग्र गोरखा जिल्लाको ऐतिहासिक,पर्यटकीय, धार्मिक, सास्कृतिक सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उदेश्यले ‘कृषि पर्यटन तथा ब्यपार प्रवद्र्धन मेला २०८०’ को आयोजना गरिएको उनले बताए । मेलामा ११ पालिकाको कृषि र हस्तकला प्रदर्शनी पनि हुने उनले जानकारी दिए ।
जिल्ला भित्र उत्पादित सुन्तला लगायत विभिन्न कृषिजन्य उत्पादनहरु, घरेलु उद्योगहरु, उत्पादित वस्तुहरु, विभिन्न औद्योगिक उत्पादनहरु, जिल्ला भित्र रहेको विभिन्न जातीय, धार्मिक, क्षेत्रसँग सम्वन्धित भेषभुषा, लोक कला, संस्कृतिहरु प्रवद्र्धन गर्ने कार्यक्रमहरु मेलामा संचालन हुने पनि जानकारी गराइएको छ ।
मेलामा उत्कृष्ट कृषिजन्य उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत गर्ने पनि श्रेष्ठले जानकारी दिए । गोरखा जिल्ला र छिमेकी जिल्लाका व्यवसायीहरुले उत्पादन गरेका बस्तुहरु विक्री गर्ने एउटै स्थानका रुपमा मेलाले सहयोग गर्ने अपेक्षा लिइएको छ । कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, दैनिक उपभोग्य सामानहरु नुन, तेल, भाडाँकुडा, लुगाफाटा, मोटर साइकल, मोटर गाडीहरु खरिद गर्ने र विक्री गर्ने अवसर एकै स्थानमा रहने र स्थानिय स्तरमा उत्पादन भएको अर्गानिक कृषि उपजहरु स्वदेशि एवं विदेशी बस्तुहरुको व्यापारको लागि विक्री स्टल संञ्चालन गरिने आयोजकले जनाएको छ ।
कृषि पर्यटन लगायत अन्य औद्योगिक उत्पादनहरु हरुको व्यपार व्यवसायको प्रवद्र्धनको लागि मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । मेलामा वालउद्यान लगायतका मनोरञ्जनात्मक सामाग्री समेत रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।