पालुङटार नगर कार्यपालिकाको वैठकमा विवाद
पालुङटार नगर कार्यपालिकाको वैठकमा विवाद
गोरखा ः पालुङटार नगरपालिकाको वुधबारको कार्यपालिका वैठकमा विवाद भएको छ ।
काग्रेसबाट निर्वाचित सदस्यले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै कार्यपालिका वैठक बहिष्कार समेत गरेका थिए । नगर प्रमुख बिवश चिन्तनले सरसल्लाह विनै अघि वढेकाले कार्यपालिका वैठक वहिष्कार गर्नुपरेको पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
कार्यपालिकामा छलफल विनै विद्यालय मर्ज गरेको, राजनितिक अस्थाका आधारमा कर्मचारी हटाएको, बिकासमा पनि विभेद गरेका कारण देखाउदै कांग्रेस समर्थक जनप्रतिनिधिले वैठक वहिष्कार गरेका थिए । केहि दिन अघि नगरपालिकाले ६ विद्यालय मर्ज गरेको जनाएको थियो । बुधबार नै दुवै पक्ष विच भएको छलफलले तिहार पछि मंसिर ५ गते पुन अर्को वैठक वस्ने सहमति जुटाएको पाण्डेले जानकारी दिए ।
‘हामी बैठक वहिष्कार गरेर निक्लीएका थियौँ, नगर प्रमुखले वोलाएपछि फेरि छलफलमा जुटेर कार्यपालिका वैठकको अर्को मिति तय गरेका हौँ,’ उनले भने । नगर प्रमुख विवश चिन्तनले भने विवाद नभए विद्यालय मर्जको विषयमा असन्तुष्टि आएको बताए । विद्यालय मर्जको विषयमा नगर शिक्षा समिति सँगै पुन छलफल गर्ने उनले बताए । सार्वजनिक सुनुवाई, नगरकार्यपालिका वैठकले यस अघि गरेको निर्णयहरुको समिक्षा लगायतको विषयमा वुधबार छलफल हुने कार्यसुचि रहेको थियो । नगरकार्यपालिकामा काग्रेसबाट निर्वाचित ६ सदस्य छन् ।