हाइड्रोपावरको मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ
हाइड्रोपावरको मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ
गोरखाः सिरानचोक गाउँपालिका–१ केरावारी स्थित चम्पावती हाइड्रोपावरले संचालन गरेको क्रसरमा जडान भएको पानी तान्ने मोटर मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
लमजुङ दुधपोखरी गाउँपालिका–५ का ४० वर्षिय पृथ वहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
क्रसरमा जडान गरेको दुइ थान मोटर चोरी भएको घटना अनुसन्धानको सिलसिलामा सिरानचोक गाउपालिका–१ स्थित खाली धन्सारमा लुकाई छिपाचर्य राखेको अवस्थामा मोटर फेला परेको प्रहरीले जनाएको छ ।
काक्तिक २८ गते पक्राउ परेका आरोपित घर्तीलाई मंसिर १ गते चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरि गोरखा अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमती लिएको पनि प्रहरीले जनाएको छ ।