जाडो शुरू भएसँगै बेसी झरे भेडीगोठ
जाडो शुरू भएसँगै बेसी झरे भेडीगोठ
गोरखाः गत जेठमा लेक चढेका उत्तरी गोरखा अन्तरगत धार्चे, चुमनुव्री र वारपाक सुलिकोट गाउँपालिका क्षेत्रका भेडीगोठ बेसी झारिएको छ । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाको सिमा क्षेत्र अन्तरगतको मम्चे, चुमनुव्री गाउँपालिकाको पाङसिङ लगायत सिर्दिवास क्षेत्रका खर्क भेडिगोठले भरिभराउ वनेका छन् ।
जाडो छल्न वेशि झारिएको भेडिगोठ भने गोरखाको तल्लो क्षेत्र तथा लमजुङ सिमा क्षेत्र सम्म पु¥याइने गरिन्छ । भेडालाई चिसोबाट वचाउन र न्यानो खोज्न वर्षेनी यो सिजनमा भेडिगोठ वेसि झार्ने गरिन्छ । पछिल्लो पुस्ता पशुपालनमा आकर्षण नहुदा भेडा पालनमा चुनौति थपिएको छ । वसाइसराइ ले पनि कृषि र पशुपालनमा आकर्षण कम भएको सरोकारवाला वताउछन् । वारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, सिर्दिवासका खर्कहरुमा भेडिगोठ छन् । एउटा भेडा विक्रि गर्दा ७ देखि २५ हजार सम्म कमाइ हुने भेडापालक किसानहरु बताउछन् ।
लेकमा जाडो शुरू हुन थालेसँगै असोज पहिलो साता देखि नै भेडीगोड बेसीतिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झार्न शुरू गरिएको हो । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक÷बेसी गर्ने गर्छन् । जिल्लाका उत्तरी क्षेत्रमा मात्र दुइ सय भन्दा वढी भेडिगोठ छन् । यस क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । बेसीमाभन्दा लेकमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । तर पछिल्लो समय भने भेडापालनमा आकर्षण घट्दै गएको छ ।