‘कुक तालिमले आत्मवल बढायो’

‘कुक तालिमले आत्मवल बढायो’


बुधबार, मंसिर ६, २०८०


‘कुक तालिमले आत्मवल बढायो’

गोरखा जिल्लाका दृष्टिविहिनहरु लाई कुक तालिम दिइएको छ ।

गोरखा नगरपालिका–५ स्वाँरामा १० जना दृष्टिविहिनहरु लाई कुक तालिम दिइएको हो । ५ दिन सम्म चलेको तालिम मंगलबार सकिएको छ । प्रयत्न नेपालको आयोजनामा भएको तालिममा सहभागीले सामान्य ज्ञानको अभावले पनि भान्छाको काम गर्न नसकेको भन्दै तालिमले आत्मवल वढाएको बताए ।



‘पढ्नका लागि होस्टल वस्यौ, त्यहा खाना वनाउनु नपर्ने, घर जादा पनि सक्दिन भनेर ममीले भान्छा वरपर जानै दिनुभएन,’ गण्डकी गाउपालिका–३ कि सरुजा पन्तले भनिन्,‘घर भित्रको काम पनि आफै गर्न यो तालिमले सक्षम बनाएको छ ।’ तालिममा सहभागी दृष्टिविहिनले भात, दाल, तरकारी, अचार लगायतका परिकार वनाउन सिकेका हुन् ।

‘आलु काट्न पनि जान्थेनौ, चक्कु चलाउन पनि जानेका थियनौ, गर्दै जादा सकिदो रहेछ,’ उनले भनिन्,‘पढ्दै जादा कोठा खोजेर वस्नुपर्ला, एक्लै वस्दा पनि आफ्ना लागि खाना आफै वनाउन सक्ने भएका छौँ ।’ ग्यास वाल्ने, तरकारीमा नुन, तेल राख्ने जस्ता सामान्य विषय समेत जान्ने मौका पाएको गोरखा नगरपालिका–२ घर भएकी मोनिका रानाले बताइन् ।

‘कुकरमा चामल राखेपछि औला डुवाएर पानी अड्कल्ने गर्छौ, आलु काट्दा खस्रो भएको भाग छामेर काट्दै जाँदा सजिलो पर्दो रहेछ, यस्ता स–साना कुराले पनि हामीलाई हौसला वढाएको छ,’ उनले भनिन् । यस अघि कपडा धुने लगायतका सामान्य काम गर्न सकेपनि भान्साको काम गर्न गाह्रो पर्ने गरेको उनिहरुले बताए ।

‘सामान्य ज्ञानले पनि ठुलो फरक पार्दो रहेछ,’ उनले भनिन्,‘कुन चिजले के काम गर्छ थाहा पाउनुप¥यो, तेल ताते नतातेको गन्ध वा आवाजले थाहा पाउछौ,चम्चाको सहायताले नुन कति राख्ने थाहा पाइदो रहेछ ।’ तालिममा सहभागीलाई आधारभुत ज्ञान दिइएको गोरखा नेत्रहिन संघकी अध्यक्ष गिता कुमारी श्रेष्ठले बताइन् ।

‘शुरुका दिन उहाँहरुले केहि पनि जान्नुहुन्थेन, शुन्यबाटै सवै तरिका सिकायौ,’ उनले भनिन्,‘हामी वहस पैरवी,अधिकारका कुरालाई फोकस गरेर यस अघि तालिम दिन्थ्यौ, उहाहरुलाई घर भित्रको कुरो पनि सिकाउन पर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभिप्रायले तालिम दिएका हौँ ।’ सहभागीको रुचि अनुसार नै कुक तालिम दिइएको प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले बताइन् ।

‘शुरुका दिनमा कतिपय सहभागीलाई कुकरको विर्को खोल्न पनि नजान्ने अवस्था थियो, उहाहरुलाई सक्षम बनाउन स सान ाविषय पनि सिकायौँ,’ उनले भनिन्,‘दृष्टिविहिनले सरसफाई गर्न सक्दैनन भन्ने कुरालाई विस्थापित गर्न पनि पोछा लगाउने, सफाई गर्ने, भान्छाको काम गर्न तालिमको जरुरत थियो ।’ स्पर्श, आवाज र गन्धको आधारमा भान्छा तथा जुनसुकै काम गर्न पनि सक्षम वनाउने उनले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda