शैक्षिक भ्रमणको रोजाइमा गोरखा

शैक्षिक भ्रमणको रोजाइमा गोरखा


शनिबार, मंसिर ९, २०८०


शैक्षिक भ्रमणको रोजाइमा गोरखा

गोरखाःशैक्षिक भ्रमणको सिजन शुरु भएसँगै गोरखा संग्राहलय भ्रमण गर्नेको संख्या वढेको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्र ३० हजार सात सय ८७ जना आगन्तुकले गोरखा संग्राहलयको अवलोकन गरेको छन् । ति मध्ये ८ हजार एक सय ८० जना विद्यार्थी रहेका छन् ।

२२ हजार एक सय ६ जना नेपाली पर्यटक, तथा सार्क राष्ट्रका ४८ जना र चार सय ५३ बिदेशी पर्यटकले अवलोकन गरेको संग्राहालयको तथ्याङ्कमा उल्लेख छ । असोज, कात्तिक र मसिर महिनालाई शैक्षिक भ्रमणको सिजन मानिन्छ । असोजमा ६ सय ७१ र कात्तिकमा ६ हजार तिन सय ९४ विद्यार्थीले संग्राहालयको अवलोकन गरे ।



चार महिनाको अवधिमा सवै भन्दा बढी काक्तिक महिनामा १४ हजार तिन सय ८० जनाले संग्राहालयको अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । श्रावणमा ६ हजार दुई सय ४९ जना, भदौमा ४ हजार आठ सय ४९ जना र असोज महिनामा ५ हजार तिन सय ९ जनाले संग्राहालय अवलोकन गरेको छन् । संग्राहलय प्रवेश गर्नेहरु सँग प्रवेश शुल्कबापत मात्र ६ लाख ८७ हजार पाच सय ५० रुपैया राजस्व संकलन भएको छ ।

विद्यार्थीहरु प्रवेश शुल्कबाट मात्र ८१ हजार आठ सय, नेपाली पर्यटकबाट ५ लाख ५२ हजार ६ सय ५०, सार्क राष्ट्रबाट २ हजार चार सय, विदेशी पर्यटकबाट ४५ हजार तिन सय राजस्व संकलन भएको हो । संग्राहालय आउने विद्यार्थिबाट १०, नेपाली पर्यटकबाट २५, सार्क राष्ट्रका पर्यटकबाट ५०, बिदेशीबाट एक सय प्रवेश शुल्क वापत लिने गरिएको छ ।

नेपाल एकिकरणको इतिहास वुझ्न तथा ऐतिहासीक कुराहरु वुझ्नका लागि गोरखा आउनेहरुको सख्या वढ्दै गएको छ । गोरखा आएको आगन्तकुले संग्राहालय, गोरखा दरवार लगायतका क्षेत्रको अवलोकन गर्ने गरेका छन् । दैनिक १ हजार देखि १६ सय सम्मले अहिले गोरखा संग्राहालय लगायतको क्षेत्रको अवलोकनका लागि आउने गरेका छन् ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरु, शाह वंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन्न जातिको भेषभुषा लगायत कुराहरु संग्रहालय घुम्न आउनेहरुले अवलोकन गर्ने गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda