विभिन्न योजनामा समन्वय र सहकार्य गरिने
विभिन्न योजनामा समन्वय र सहकार्य गरिने
गोरखा नगरपालिका र भिमसेन थापाको समन्वय वैठक
गोरखाः गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका विच अन्तरपालिका संयुत्त बैठक सम्पन्न भएको छ ।
वैठकले दुइ पालिका विच विभिन्न योजनामा समन्वय र सहकार्य गर्ने निर्णय गरेका छन् । गोरखा नगरपालिका सव स्टेशनबाट आहाले–फिनाम हुदै जाने ३३ के.भि.ए विद्युत प्रशारण लाइन ब्यवस्थित गरी घ्याम्पेशाल सव स्टेशन सिघ्र संचालनमा ल्याउन आवश्यक पहल गर्ने, गोरखा नगरपालिका–२ मा अवस्थित आहाले भञ्ज्याङ्ग पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भञ्ज्याङ्ग वैकल्पिक बाटो स्तरोउन्नती गर्ने कार्य अघि वढाउने, जग्गा वर्गिकरणका क्रममा जिपिएस मार्फत गोरखा नगरपालिका भिमसेन थापा गाउँपालिकाको सिमाना अद्यावधि गर्न आवश्यक प्रक्रिया अघि वढाउने पनि निर्णय भएको छ ।
त्यस्तै सिख्रे,बाह्रविसे,निवेल सडक ट्र¥याक खोल्न दुइ पालिका विच आवश्यक सहकार्य गर्ने, गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको सिमानामा रहेकिो मसेल खोला ÷निवेल तटवन्ध निमाृण गर्ने, ज्यादुलखोला मोटरवेल पुल निर्माण गरी दुवै पालिकाका वासिन्दालाई आवागमनमा सहज वनाई सेवा वृद्धि गर्ने पनि निर्णय भएको छ ।
गोरखा नगरपालिका–झिगटे, अश्राङ–बोर्लाङ आरुघाट सडक आयोजना सम्पन्न गर्न आवश्यक समनवय र सहकार्य गर्ने, गोरखा नगरपालिका सिम्ले पँधेरा,पुतलीवजार–सिख्रे सडक अयाोजना सम्पन्न आवश्यक समन्वय गर्ने, भिमसेन थापा गाउँपालिकामा अवस्थित शहिद स्मृति आधारभुत अस्पतालबाट विमा सेवा शुभारभ्भ गर्न गोरखा नगरपालिका–१० छेवेटार स्वास्थ्य चौकिमा रहेको एक्स रे मेसिन अर्को ब्यवस्था नभएसम्म उत्त अस्पताललाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ । वैठकमा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना, भिमसेन थापा गाउपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जरा लगायतको सहभागीता रहेको थियो ।