लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु


आइतवार, मंसिर १०, २०८०


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सुरुवातः हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ ।

गोरखा सदरमुकाममा शनिबार अभियान अन्तरगत जिल्ला प्रशासन कार्यालय देखि ठुलोआगन सम्म प्रभातफेरी भएको थियो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐवद्धता’ भन्ने मुल नाराका साथ अभियान शुरु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर लगायतको सहभागीता रहेको थियो । त्यस्तै पालुङटार नगरपालिकामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अभिमुखिकरण कार्यक्रम भएको छ ।



नगरपालिकाकी उपप्रमुख वन्दना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश तेजेन्द्र शर्मा, नगरपालिकाका प्रमुख विवश चिन्तन लगायतको सहभागीता रहेको थियो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्टिूय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरिएको छ ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० का बीचमा पर्ने अन्य दुई महत्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रुपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ऐतिहासिक पक्ष

नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । यी दिदीबहिनी तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरु पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् ।

जेलमा दिइने चरम यातानाका बाबजुद यी दिदिबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् । यसै क्रममा सन् १९६० मा निरङ्कुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तिनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरु पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरुलाई मुलुकको ठूलो समस्याका रुपमा घोषणा ग¥यो । यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरुको हत्या गरियो । यी दिदिबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाका रुपमा लिइयो र यिनीहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो ।

डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् । सन् १९९२ मा रुत्गर्स विश्वविद्यालयको महिलाहरुको भूमण्डलीय नेतृत्व केन्द्रले प्रायोजन गरी सञ्चालन गर्न थालेपछि यसले अन्तर्राष्ट्रिय अभियानको रुप लिएको हो । सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रुपमा मनाउन संयुक्त राष्ट्रसङ्घमा पेस गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रुपमा पारित भएपछि संयुक्त राष्ट्रसङ्घीय प्रणालीका राष्ट्रहरु विश्वव्यापी रुपमा यो अभियानमा सहभागी हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि राज्यहरुलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ । मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त र ाष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ । यस वर्ष ‘महिला तथा बालबालिका विरुद्धको हिंसा रोक्न लगानीमा एकजुट’ अन्तर्राष्ट्रिय नाराका साथ मनाउन लागिएको यस अभियान मनाउने सन्दर्भमा नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरुपमा मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष १६ दिने अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा व्यापक कार्यक्रम गरी सातै प्रदेशमा प्रदेशस्तरीय विभिन्न जनचेतना मूलक र सन्देशमूलक तथा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda