लिगलिगकोट विकास अभियानको साधारणसभा
लिगलिगकोट विकास अभियानको साधारणसभा
गोरखा ः लिगलिगकोट विकास अभियानको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाले गरेको विविध गतिविधि तथा आर्थिक प्रतिवेदन माथि पनि छलफल भएको थियो । यस वर्षको लिगलिगे दौड संचालन गर्दा १२ लाख खर्च भएको पनि साधारणसभामा जानकारी गराइएको थियो ।
लिगलिगे दौड तथा लिगलिगकोट क्षेत्रमा भएका विविध गतिविधिका वारेमा समिक्षा समेत भएको अभियानका अध्यक्ष सन्जिव रानाम मगरले जानकारी दिए । लिगलिगकोटमा रहेको कालिका मन्दिरलाई धार्मिक र पर्यटकीय हिसावले प्रवद्र्धन गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।