दृष्टिविहिनलाई सहायता समाग्री वितरण
दृष्टिविहिनलाई सहायता समाग्री वितरण
गोरखा ः गोरखाका २५ जना दृष्टिविहिनलाई सेतो छडी वितरण गरिएको छ ।
लायन्स क्लव अफ कास्की र मन्जली संस्थाले सोमबार एक कार्यक्रमका विच गोरखा नगरपालिका–६ मा सेतो छडी वितरण गरेको हो ।
सेतो छडी पाएसँगै हिडडुल गर्न दृष्टिविहिनलाई सहज बन्ने गोरखा नेत्रहिन संघका पुर्व अध्यक्ष पवन कुमार बस्नेतले जानकारी दिए । अन्य अपाङ्गगतालाई पनि सहायता समाग्री सहयोग गर्ने सहयोगी संस्थाले प्रतिवद्धता जनाएका छन् ।